देशैभर चिसो बढ्यो, कस्तो रहला आजको मौसम ?

काठमाडौं, पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर आंशिक बदली रहनेछ। त्यसका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

यस्तै आज राति देशभर आंशिक बदलीको संभावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसो बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

केही दिन पहिले भएको वर्षा र हिमपातका कारण यतिबेला देशैभर चिसो बढेको छ।

प्रतिक्रिया दिनुहोस्