भारतमा फेरी कोरोना संक्रमण बढ्दै, ओमिक्रोन संक्रमित १२७० पुगे

काठमाडौँ ,पुस १६ । छिमेकी मुलुक भारतमा हरेक दिन कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७६४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने २२० जनाको मृत्यु भएको छ ।त्यस्तै भारतमा एकै दिन ७ हजार ५८५ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतमा ओमिक्रोन भेरिएन्टका १२७० केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशमा कोरोना संक्रमितको कुल संख्या तीन करोड ४८ लाख नाघेको छ भने ९१ हजार ३६१ सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८१ हजार ८० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्