निर्धारित समयमै स्थानीय निर्वाचन हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं,पुस १६ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन निर्धारित समयभित्रै हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन निर्वाचन आयोगले तय गरेको समयभित्र नै गरिने बताएका हुन् ।
आयोगले बैसाखमा चुनाव गर्ने प्रस्ताव गरिसकेको छ । गृहमन्त्री खाँणले अमेरिकासँगको एमसीसी सम्झौता पनि सबै दलको सहमतिमा नै पारित गरिने बताए । उनले सबै दलको सहमतिमा केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताए ।

उनले ट्राफिक व्यवस्थापन देशभर नै समस्या भन्दा पनि चुनौतिको रुपमा रहेको उनले बताए । ‘हामीले सवारी साधनको संख्या घटाउन सक्दैनौं’ उनले भने, ‘यसको विकल्प सडक व्यवस्थापन हो । वैकल्पिक सडकबारे सोच्न जरुरी छ । उनले पोखरा र पोखरा आसपासका जिल्लामा शान्ति सुरक्षाको पनि व्यवस्थापनबारे छलफल भइरहेको बताएका थिए ।

पर्यटकीय नगर पोखरामा २४ घण्टा होटल तथा रेष्टुरेन्ट खुला राख्नुपर्ने धारण राख्दै उनले यसको लागि सबैलाई सहयोग गर्न आग्रह गरे । प्रहरीको दरबन्दी थप लगायत प्रहरी चौकी विस्तारमा पनि सरकार सचेत रहेको उनको धारणा थियो । यस्तै, उनले पत्रकार र लोकतन्त्र एउटै सिक्कामा पाटा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्