गुरुङ समुदायले धुमधामका साथ मनाए ‘तमु ल्होसार’ (हेरौं तस्बिरमा)

काठमाडौं, पुस १५ । नेपालीहरुका विभिन्न चाडपर्वहरु छन। विभिन्न भेषभुषाका आफ्नै मौलीक संस्कृतिले भरिएको देश हो नेपाल , यस मध्य आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन्। यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।

जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, काठमाडौं लगायतका जिल्लाहरुमा धुमधामसँग तमु ल्होसार मनाइन्छ ।

ल्होसारका अवसरमा काठमाडौंको टुडिखेलमा पनि भब्य कार्यक्रम गरि मनाएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । यसैगरि उता सुदुरपश्चिममा पनि पुसे १५ मनाइरहेका छन् । यो दिन त्यहाँ मिठा मिठा खाने कुरा खाने , बता हाल्ने लगाएत गर्ने गर्दछन् । यसको पनि यो जिल्लामा छुटै पहिचान छ ।

हेरौ केहि तस्बिरहरु

 

 

प्रतिक्रिया दिनुहोस्