बिहीबार सार्वजनिक बिदा दिन गृहको प्रस्ताव, ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं, पुस १४ । गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।
बिहीबार गुरुङ समुदायको महत्त्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो।आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। गृहले बिदाका लागि क्याबिनेटमा प्रस्ताव लैजान लागेको हो।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्।हिजो मात्रै गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको थियो ।
गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । यस विषयमा आज बस्ने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने छ ।














प्रतिक्रिया दिनुहोस्