रौतहट गाडी दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो
काठमाडौं, पुस १३ , रौतहटमा जन्ती लिएर घर फर्किरहेका गाड़ी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
गाडीमा सवार ८ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु लगायतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।
गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उनका अनुसार घाइते ३ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भाइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्