रौतहटमा जीप दुर्घटना , ५ भारतीय नागरिकको मृत्यु

काठमाडौं, पुस १३ । रौतहटमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ५ जना भारतीय नागरिकको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटको गरुडा नगरपालिका १ मा जयनगर सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन ।

गौरबाट गरुडाका लागि छुटेको बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय नम्बर प्लेटको जीप दिउँसो सवा ४ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्