एमसीसी राष्ट्रघाती सम्झाैता र नेपालमाथि अमेरिकी हस्तक्षेप हाे : प्रकाण्ड
काठमाडौं,पुस १३ । नेपालमा अहिले चर्चाको विषय हो एमसीसी । यसका विरुद्ध सबैको आ आफ्नै टिप्पण्णी छ । यसैबीच विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी नेपालमाथिकाे अमेरिकी हस्तक्षेप भएको बताएका छन्। जनपत्रकार संगठन कर्णाली प्रदेशले साेमबार वीरेन्द्रनगरमा आयाेजना गरेकाे पत्रकार उनले यस्तो बताएका हुन्।
‘एमसीसी राष्ट्रघाती सम्झाैता हो। नेपालमाथिको अमेरिकी हस्तक्षेप हो। अहिलेकाे संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ,’ उनले भने, ‘अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ।’
नेकपा विप्लव भाेलि (मंगलबार)देखि सुर्खेत जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण भेलाका लागि उनी सुर्खेत आएका हुन्। अगुवा कार्यकर्ता भेलामा प्रवक्ता प्रकाण्ड र सुर्खेत-दैलेख इन्चार्ज एटम, सुर्खेतका सेक्रेट धुर्व, विशेष जिल्ला सेक्रेटरी सरिता लगायतका नेताहरूले प्रशिक्षण दिने छन्।
यता एमसिसिको यति बेला विरोद्ध भइरहेको छ । यो सम्झौता खोरि हुनुपर्ने धेरैको माग रहेको छ । खारेजिको माग गर्दै दिनहुँ जसो पर्दशन पनि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्