प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन, १५ दिनको समय
काठमाडौं,पुस १३ प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।
समितिलाई नामाकरण र राजधानीका लागि पेस भएको प्रस्तावमाथि अध्ययन तथा छलफलगरि १५ दिनभित्र प्रदेश सभामा पेस गर्ने समय दिइएको छ ।
सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि समिति गठन गरेर प्रदेश सभा बैठकलाई अनिश्चितकालका लागि स्थगित गर्नुभएको हो ।
प्रदेशको नामाकरणका लागि ‘मधेश प्रदेश’,‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेस भएको छ ।
त्यस्तै नामका लागि जनकपुरधाम र वीरगंज प्रस्ताव पेस भएको छ ।
प्रतिक्रिया दिनुहोस्