एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं ,आत्मसमीक्षा जरुरी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग एकता गर्नु गल्ती नभएको बताएका छन्। पार्टीको आठौं महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले पार्टी एकता जोगाउन किन सकिएन भन्ने आत्मसमीक्षा गर्न जरुरी भएको बताए।

उनले उद्‍घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुले दिएका शुभकामना प्रेरणा बनेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले खास साख समयमा खास स्टेटमेन्ट दिने गरेको बताए। एमाले महाचिव शंकर पोखरेलले दिएको मनतव्य महत्वपूर्ण रहेको बताए।

इतिहासका खास खास मोडमा शेरबहादुर देउवाले खास स्टेटमेन्ट दिएको उनले बताए। विद्रोही नेतालाई समेत प्रधानमन्त्री भएकै बेला देउवाले बहादुर नेता भनेर भनेको उनले सुनाए। गठबन्धन चुनावपछि पनि लैजान चाहेको प्रधानमन्त्रीले बताउनु खास स्टेटमेन्ट भएको प्रचण्डको भनाई छ। ‘एमसिसीमा राष्ट्रघात कहाँ छ देखाइदिनु भन्नु भयो यो पनि ठूलो कुरा हो’, उनले भने।

महाधिवेशनमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्ने प्रचण्डको भनाई छ। नेपालको ऐतिहासिक पृष्ठभूमिसहित व्याख्या विश्लेषण दस्तावेजमा भएको उनले बताए। ‘विज्ञान प्रविधिमा चमात्कारिक विकास भएको छ। यसको विश्व अर्थतन्त्र, राजनीति र आपसि सम्बन्धमा कस्तो सम्बन्ध छ समाजवादलाई के भनेको छ त्यसको विश्लेषण गरेका छौं’, उनले भने, ‘समाजवाद उन्मुख समृद्धि भनेको के हो त्यसको विषयमा कार्यनीति प्रस्तुत गरिएको छ।‘

जलवायू परिवर्तनको विषयमा पनि महाधिवेशनमा छलफल हुने प्रचण्डले बताए। ‘पर्यावरण विनासको समस्या, जलवायू परिवर्तनको विषयमा पनि केन्द्रित गरेका छौं। पर्यावरण विनासलाई रोक्नका लागि समाजवादीहरुले के पहल गर्न सक्छन् भन्ने विषयमा केन्द्रीत भएका छौं। यो सबै प्रक्रियामा पूजिवादी उत्पादन प्रक्रियाको भूमिका के छ भन्नेबारे पनि केन्द्रीत भएको छ। पर्यावरणको विषयमा अन्तर्राष्ट्रिय अभियान चलाउनु पर्छ’, प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्