“हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीलाई पत्याउने छैनन्,” : माधव नेपाल

काठमाडौं , पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा व्यक्तिको तानाशाही नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राष्ट्रियताको सवालमा भने दलहरूबीच विमति नहुने बताए ।उनले राष्ट्रियतको नाममा दास र एउटा व्यक्ति र वंशको तानाशाही स्वीकार्य नहुने उल्लेख गरे ।

नेपालको इतिहास अब पछाडि नफर्किने तर नेताहरूले पनि जनताको विश्वास जित्न नसकेको उनले बताए । अहिले पनि नेताहरूप्रति जनताको विश्वास कायम हुन नसकेको उनको भनाइ छ । देशमा भ्रष्टचारले नेताहरूप्रति जनता विश्वस्त हुन नसकेको उनले बताए ।

उनले नयाँ नेपाल निर्माण गर्ने विषयमा वृहत्तर छलफल गर्न जरुरी रहेको बताए । दलहरूको फरकफरक मान्यता हुने र त्यसमा सबै सहमत हुन नसके पनि मूल विषय राज्य रूपान्तरणमा सहमति गर्न अवाश्यक रहेको उन बताए ।

“हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीले पत्याउने छैनन्,” उनले भने ।

उनले मन र भावना मिलेपछि बाँकी अरु कुरा मिल्दै जानेसमेत बताए। नेपालका हरेक आन्दोलन एकतावद्ध भएर जाँदा सफलता प्राप्त भएको उनले बताए। मूल कुरामा सहमति छ भने बाँकी विषय थाति राख्न सकिने उनले बताए। नेपालको इतिहास अगाडि बढिसकेकोले यो पछाडि फर्किन नसक्ने उनले बताए।

नेपाली समाजवादको मोडल कस्तो हुने भन्नेबारे नेताहरु, पार्टीहरु, विज्ञ र आम जनताको विचमा छलफल हुन जरुरी भएको उनले बताए। दलहरुले जनताको विश्वास जित्न नसकेको उनले बताए

प्रतिक्रिया दिनुहोस्