माओवादी र एमालेबीचको एकता गलत थिएन, एकता जोगाउन नसक्दा मलाई पछुतो छ: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् ।
माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताए ।
अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ । साथै पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो भएको पनि बताएका छन् ।
उद्घाटन सत्रमा बोल्दै उनले एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएको बताए ।जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए ।
उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए ।
नेपालमा तीनवटा क्रान्ति गर्दा पनि मुलुकलाई परिर्वतन गर्न नसकेको भन्दै उनले जनताले क्रान्तिमात्र नभएर विकास पनि खोजेको बताए ।















प्रतिक्रिया दिनुहोस्