माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना : उपेन्द्र यादव

काठमाडौं, पुस ११ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको बताएका छन्।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग अझै अलपत्र रहेको भन्दै वेपत्ता परिवारहरुले अझै न्याय नपाएको बताए। उनीहरुलाई न्याय दिनुपर्ने उनको धारणा छ।

उनले देशमा वर्ग विभेद र वर्ण विभेद रहेको बताए। प्राप्त उपलब्धीहरु धरापमा पर्ने हुन् कि भन्ने खतरा रहेको उनले बताए। विगतमा भएका कमिकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने उनले बताए। संविधानलाई दीपावली गर्नेको मात्र होइन ‘बल्याक आउट’ गर्नेको पनि संविधान बनाउन संशोधन गर्नु पर्ने बताए। संसद अवरोध गरेर कुनै उपलब्धी नहुने उनले बताए। हठ त्यागेर मुलुकको हितमा नयाँ ढंगले सोच्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्