माओवादी केन्द्रको महाधिवेशन: देउवा-दाहाल-नेपालसहितका नेता एकै मञ्चमा
काठमाडौँ, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा जारी छ ।
सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।
साथै महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । त्यसैगरि एमालेका अध्यक्ष केपी शार्मा ओली भने सहभागी भएका छैनन् । अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् ।
आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्