प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी, आज पनि बिरोध पर्दर्शन

काठमाडौं, पुस ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ।  आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो।

आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताए।

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ती शुद्धिकरणका लागि नेताहरु सम्पत्ती शुद्धिकरण कार्यालयमा जाने तयारीमा रहेको बताए।

उनले सम्पत्ती शुद्धिकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने उल्लेख गरे। न्यायालय शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध पर्दर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्