एसीसी यू–१९ एसिया कप : नेपाल श्रीलंकाविरुद्ध जित्नै पर्ने दबाबमा
काठमाडौँ , ११ पुस । एसीसी यू–१९ एसिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ । सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबबीच नेपालले बिहान सवा ११ बजे सारजाहमा श्रीलंकाको चुनौती सामना गर्नेछ ।
पहिलो खेलमा नेपाल बंगलादेशसग १५४ रनले पराजित भएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपालको युवा टोलीले श्रीलंकासँग हालसम्म ५ पटक खेलेको छ । २००८ यता २०१९ सम्म आइपुग्दा पाँचै खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको छ ।
जारी प्रतियोगितामा समूह ‘बी ’मा दुई खेलमा शत प्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ । एक खेलमा दुई अङ्क बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । एक खेल खेलेको कुवेत र दुई खेल खेलेको नेपालले भने अङ्कको खाता खोलेका छैनन् ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन ।समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्