रोजगारको लागि विदेशमा भौतारीनु पर्दैन: मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले देश मै राजगारीको वातावरण बन्दै गएकाले युवाहरु अब विदेशमा भौतारी नपर्ने बताएका छन् ।
शनिबार न्यूज लाइन्स् मिडिया प्रा.लि. को छैठौ वार्षिकोत्सव समारोहलाई सम्बेधोने गर्दै मन्त्री श्रेष्ठले “समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ, उनले भने । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको छ । विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्दै छौं । यसको यसको तयारीमा छ । ।” उनले सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको समेत उनले खुलासा गरे ।
त्यसैगरि कार्यक्रमका विशिष्ठ आतिथि पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रको मेरुदण्डका रूपमा नेपाली पत्रकारिता क्षेत्र अगाडि बढेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गरे । पूर्वमन्त्री केसीले अनलाइन पत्रकारिताले जनतालाई तत्काल सुसूचित गर्ने कार्य गरेको बताउँदै आवाजविहीनहरूका आवाज बन्न अनलाइनलाई आग्रहसमेत गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले नेपाली अनलाइनले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने राय राखे ।

सो अवसरमा न्यूज लाइन्स मिडियाका अध्यक्ष राजु भट्टले पत्रकारिताको भावना र मर्मअनुसार न्युजलाइन्स मिडियाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको बताए । साथै उनले मिडियाले आगामी दिनहरुमा समेत नागरिकहरुको आवाज बनेर निर्भिक रुपमा अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। कोरोना भ्याक्सिन लगाएका पर्यटकलाई नेपालमा निर्वाध रुपमा हिँड्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

सो अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुसलमानले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण ९रेमिटेन्स० को योगदान २८ प्रतिशत रहेको उल्लेख गर्दै सोको उचित मुल्यांकन हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं समाजसेवी रामप्रसाद न्यौपानेले अनलाइन मिडियाले समाजमा भएका कमजोरीलाई कुनै लोभ र लालचमा नपरी औँल्याउनुपर्ने जनाएका थिए ।

कार्यक्रममा सार्थक नेपाल अभियानका अध्यक्ष भरत गौतम, नेकपा (एकीकृत समाजवादी_ बागमती प्रदेश सदस्य भक्त श्रेष्ठ, लगायतले अनुशासित र मर्यादित ढङ्गले पत्रकारिता गर्न संचारगृह एवम् पत्रकारहरुलाई आग्रह गरेका थिए ।

न्यूज लाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषणलाई न्यूज लाइन्स मिडियाले सधैँ अग्रभागमा बसेर कलम चलाउने बताईन्। कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने रामप्रसाद न्यौपाने, शिवहरि गिरी, नीरज सिटौला, पुष्कल मल्ल, अनिल पोखरेल, शिवलोचन पराजुली, महेशजङ्ग कुँवर,आनि भीम सुवा गुरुङ, तुलसा कोइराला, भक्तबहादुर ९बिबी० कार्की,सुशीला थापा, नवीना खड्का, भुषण महर्जन र सोभा पौडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्