माओवादी स्थायी समिति बैठक बस्दै, सम्मेलनको तयारी तिब्र
काठमाडौं, पुस १० । आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा ९माओवादी केन्द्र०को स्थायी समिति बैठक आज बस्दै छ ।
बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेस भएको थियो ।
बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनीत गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्