लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलबीचको मतभेदलाई निरुपण गर्नुपर्छ : राष्ट्रपति
काठमाडौं, पुस ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन् ।
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक,आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरुबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताएकी हुन् ।
उनले राष्ट्रियताको मर्मलाई आत्मासात गर्नुपर्ने पनि बताइन् । संविधानले प्रत्याभूत गरेका अधिकारहरुको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने उनको भनाई थियो ।
राष्ट्रपति भण्डारीले अरबौँ रुपैयाँको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताइन् । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन् ।















प्रतिक्रिया दिनुहोस्