आगामी निर्वाचनमा एमालेको हालत देखिन्छ, आवश्यक परे अझै क्रान्ति गर्न तयार छु : प्रचण्ड
काठमाडौं, पुस ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताएका छन् ।माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको पार्टी एकता घोषण कार्यक्रमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भ¥याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको जिकिर गरे ।एमालेले धाक दिदैँ हिडेको भन्दै उनले आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने चेतावनी दिए ।
उनले गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको बताउँदै प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रमा लागको हुँदा अझै पनि ढुक्क हुने स्थिति नरहेको उल्लेख गरे ।
साथै उनले संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र परिवर्तन उल्ट्याउने गरी कदम चालिएको भन्दै उनले अहिले पनि आवश्यक परे ठूलो क्रान्ति गर्न तयार रहेको जिकिर गरे।
राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।उनले नेकपा एमालेतर्फ संकेत गर्दै अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी समेत गरे ।
अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको समेत बताए । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको उनको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्