थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि , एकैदिन लगाइयो ३ लाख २९ हजारलाई खोप

काठमाडौं ,पुस ९ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ८९ जनामा गरिएको परीक्षणमा २ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर अहिलेसम्म ८ लाख २६ हजार ९ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार सोही समयमा ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ रहेका छन् ।

यस्तै, कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ ।

देशभर ५ हजार ४८ जना सक्रिय संक्रमितमध्ये आईसीयूमा ७७ जना र भेन्टिलेटरमा २१ जना रहेका छन् । एकै दिन ३ लाख २९ हजार ३ सय ७१ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्