गहिराइ बुझेर मात्र एमसीसी लागू गर्नुपर्छ, अध्ययनन गर्न आवस्यक छ : नेपाल
काठमाडौं, पुस ९ । अहिलेको चर्चाको विषय हो एमसीसी , यो विषयले अहिले निकै चर्चा पाइरहेको छ । यसको खारेजिको माग गर्दै पर्दशन पनि भइरहेका छन् भने अर्को तिर नेताहरुको आ आफ्नै टिप्पणी छ ।
यसैबीच नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालले एमसीसीको अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । उनले आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने जनाएका छन् ।
‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।ु
यस्तै एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि उनले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको उनको आरोप छ ।
‘एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ । यदी ठीक छ भने ठीक छ । छैन भने छैन भनेर सत्तापक्षधरले भन्न सक्नुपर्छ । सबैलाई अल्मलाइरहनु हुँदैन,’ उनले भने ।
साथै नेता नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अध्ययन नगरी पहिला नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।केपी शर्मा ओलीले अहिले पनि विभिन्न दाउपेच खेली तीन दलीय गठबन्धन टुटाउन खोजेको उनले बताए । त्यस कारण सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्