बङ्गलादेशमा फेरि आगलागी , कम्तीमा ३० जनाको मृत्यु , केहि घाइते
काठमाडौं, पुस ९ । बङ्गलादेशमा फेरीमा आगलागी भएको छ । आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । त्यहाँको झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि फेरीमा आगलागी भएको हो ।
स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर केही घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने फसेकाहरुको उद्धार भइरहेको छ । फेरीमा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन ।
स्थानीय पत्रकारका अनुसार ज्यान जोगाउन केही यात्रु फेरीबाट नदीमा हाम फालेका थिए । फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको आशङ्का गरिएको छ।
प्रतिक्रिया दिनुहोस्