एसएसपी यादव सरकारी निवासमै मृत फेला

काठमाडौं, पुस ९ । रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् । यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला हुन् ।

उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो ।

’तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो’, उनले सुनाए, ‘यसबारे विस्तृत जानकारी मातहतबाट मागेका छौं ।’ उनको मृत्युको कारण खुलिसकेको छैन । केही दिनअघि मात्रै उनीमाथि कारबाही चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्