प्रचण्डको दस्तावेज माओवादी स्थायी कमिटीमा पेश
काठमाडौं , पुस ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनका लागि तयार पारेको दस्तावेज स्थायी कमिटीमा पेश गरेका छन् । पुस ११ देखि हुने काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ ।
शुक्रबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले उक्त दस्तावेजका मुख्य कुराहरूबारे चर्चा गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
सम्मेलन पर्सिदेखि काठमाडौंमा सुरु हुने हुँदा आजको बैठकमा अध्यक्षले सम्मेलनका लागि तयार पारेको डकुमेन्ट पेस गरेका हुन् ।
दस्तावेजजलाई लिएर थप छलफलका लागि शुक्रबारै तीन बजे स्थायी कमिटी पनि बस्ने भएको छ । यसमा स्थायी कमिटीले आवश्यक सुझाव दिनेछ । ती सुझावसहित अध्यक्षले राष्ट्रिय सम्मेलनमा उक्त दस्तावेज पेश गर्ने छन् ।















प्रतिक्रिया दिनुहोस्