माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

काठमाडौँ , ९ पुस । नेकपा (माओवादी केन्द्र) सँग नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको एक समूहबीच एकता हुने भएको छ । शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो ।

शुक्रबार १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा आयोजना गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसाल (सम्पर्क केन्द्र)का नेता लोकेन्द्र लम्सालले संयुक्त रूपमा पार्टी एकताको घोषणा गर्ने बताइएको छ ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्