यू–१९ एसिया कप : आज नेपाल र बंगलादेश बिच हुदैं
काठमाडौँ , ९ पुस । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र बंगलादेश बिच हुने भएको छ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले यू–१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन भने सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।
देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।
समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ । प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झासहित घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कप्तान देव, अर्जुन कुमाल, अर्जुन साउद, विवेक यादव लगायत खेलाडी नेपाली टिममा छन् ।
प्रतिक्रिया दिनुहोस्