मैले साथ दिएर माओवादी यो स्थानमा आइपुगेको हो , तर प्रचण्डले कुरा बुझेनन् : ओली

काठमाडौं,पुस ८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको बताएका छन्।

पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्।

‘प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा आएको हो। तर प्रचण्डले कुरा बुझेनन्,’ सम्बोधनको क्रममा उनले भने। ओलीले आफू सरकारमा रहँदा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए।

जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे।उनले गठबन्धन जनताको पीरमर्का सुन्न र विकासका लागि नभएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्