बबई नदिको किनारमा पर्यटनका लागि बिच भलिबल

तुलसीपुर दाङ । तुलसीपुर नगर स्तरीय प्रथम पुरुष तथा महिला मेयर कप बिच भलिबल प्रतियोगिता २०७४ बुधबारदेखि सुरु हुदैछ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा सितलपुर बबई नदिको किनारमा संचालन हुने प्रतियोगितामा तुलसीपुर नगरका १९ वडाका टिम बिच कडा प्रतिस्पर्धा हुने र हरेक टिममा २÷२ जना खेलाडी रहनेछन ।

फागुन २३ गते देखि २५ गते सम्म संचालन हुने प्रतियोगिताको महिला÷पुरुष तर्फ विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद २५,१५र १० हजार सहित कप मेडल प्रमाणपत्र हात पार्ने आयोजकले बताएको छ ।

पर्यटनका लागि विच भलिबल भन्ने नाराका साथ तुलसीपुर बजार देखि झण्डै १० किलोमिटर दुरीमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रदेश नं पाँचका मुख्य मन्त्रि शंकर पोख्रेलले गर्नु हुने कार्यक्रम तय भएको छ ।

यसैविच आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण कार्य तयारी पुरा भएको जनाएको छ । प्रतियोगिताका संयोजक अमर नेपाली माईकलको अध्यक्षतामा भएको कार्यक्रममा खेल स्थल बबई नदि किनार प्राकृतिक विच बालुवामा कृतिम कोर्ट निर्माण, खेल तालिका, आवास तथा भोजन, प्रचार प्रसार लगाएतका सम्पुर्ण तयारी पुरा गरिएको जानकारी दिइएको थियो । सो अवसरमा तुलसीपुर उमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सम्रग दाङको प्रर्यटन प्रर्वधनमा विच भलिबलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

दाङको सवालमा बिच भलिबल अरु खेल भन्दा फरक, नौलो र पर्यटन संगै जोडिने भएकाले आयोजना गरिएको र धेरैले यस खेललाई रुची पुर्वक लिएको पनि उहाँले बताउनु भयो । तुलसीपुरलाई खेलकुदको गन्तव्यको रुपमा विकास गर्न स्पोर्टस सीटी घोषणाको तयारी, नगर स्तरिय मेयर कप लाई राष्ट्रिय प्रतियोगिताको रुपमा स्थापित गर्ने र वर्षका ५२ हप्तामा खेलकुदका गतिविधी संचालन गर्ने लगाएतका खेलकुदका महत्वकांक्षी कार्ययोजना अगाडी सारेको समेत उहाँले बताउनु भयो ।

प्रतियोगिताका अफीसियल संयोजक दिपक कुमालको स्वागत मन्तव्य रहेको पत्रकार सम्मेलनमा धन्यावादको मनतव्य रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ का अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो भने संचालन पत्रकार बसन्त विवश आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्