२१० नेपाली शान्ति सैनिक कंगो प्रस्थान

काठमाडौं , पुस ८ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली कंगो गएको छ। सेनानी रन्जित थापाको नेतृत्वमा बुधबार काठमाडौंबाट इथोपियन एयरलाइन्समार्फत शान्ति सेनाको एक टोली कंगो गएको नेपाली सेनाले जानकारी दिएको हो।

इथोपियन एयरलाइन्समा ८ जना महिला सैनिकसहित २१० जना नेपाली शान्ति सैनिक गएका हुन्। कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाको थप एक कम्पनी तैनाथ भएको छ ।

कोभिड(१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप प्रस्थानको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्