अदालतमा विष्फोट, दुईजनाको मृत्यु, कयौं घाइते

काठमाडौं, पुस ८ । एक अदालतमा विष्फोट हुँदा २ जनाको ज्यान गएको छ । भारतको पञ्जाबस्थित लुधियानामा रहेको अदालतमा विष्फोट भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो विष्फोटमा परी दुईजनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन्। अदालतको दोस्रो तलामा यो विष्फोट भएको हो।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ। समाचारमा बताइएअनुसार घाइतेहरुलाई अहिले अस्पताल पुर्‍याउने काम भइरहेको छ। अदालतमा अहिले धुवाँको मुस्लो आइरहेको देखिएको छ।

इन्डियन एक्सप्रेसका अनुसार बिहीबार जिल्ला अदालतको काम चलिरहेको समयमा यो विष्फोट भएको हो।

घटनास्थलमा उपस्थित एक अधिवक्ताका अनुसार दोस्रो तलामा रहेको सार्वजनिक शौचालयमा उक्त विष्फोट भएको हो।-  फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्