काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने
काठमाडौँ , ८ पुस । आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ ।
चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो । सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २–० ले जितेको थियो ।
दुवै सेमिफाइनल खेल होम एन्ड अवेका आधारमा जनवरीमा हुनेछ । आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गए राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो ।
यता, टोटनहमले वेष्ट हाम युनाईटेडलाई २–१ अन्तरले पराजित गर्यो भने चेल्सीले ब्रेन्टफोर्डलाई २–० अन्तरले पराजित गर्यो ।
प्रतिक्रिया दिनुहोस्