कांग्रेस निर्वाचनको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

काठमाडौँ , पुस ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पुर्ण मतपरिणाम आज सार्वजनिक हुने भएको छ । खसआर्य र जनजाती बाहेक सबै कलष्टरको मतणना सकिएको छ ।

आज दिउँसोसम्ममा खसआर्य र जनजाती कोटाको पनि मतणना सकिने निर्वाचन समित संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको मतगणना सकिएको तर औपचारिक घोषणा गर्न बाँकी छ ।

दलित खुलातर्फ कसले जिते ?

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा। शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

मानबहादुर नेपाली, प्रकाश रसाईली ९स्नेही०, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन् । उनीहरुमध्ये स्नेही मात्र कोइराला प्यानलबाट विजयी भएका हुन् ।

दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी भएका छन् । उनीहरुमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्