नेपालमा थप १ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं, पुस ७ । नेपालमा थप १ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् ।

नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।

यता पछिल्लो २४ घण्टामा २१७ जना कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्