संसद् बैठक : आज पनि सुरुवातमै एमालेको अवरोध

काठमाडौं , पुस ७ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको तेस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्