एमाले अवरोधकैबीच आज पनि संसद बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

काठमाडौं , पुस ७ । प्रनिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको विरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी एमालले आफूहरुले निकालेका १४ सांसदलाई निष्कासन गरेको सूची सभामुखले टाँस्नु पर्ने माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्