एमसीसी सम्झौता खारेजको माग गर्दै आजपनि प्रदर्शन

काठमाडौँ , पुस ६ । एमसीसीको विरोधमा पछिल्लो समय दिनहुँ जसो प्रर्दशन भइरहेको छ । आज पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शन भएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, माले र देशभक्त जनतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायत आठ पार्टीले एमसीसीको विरोध गर्दै मंगलबार नयाँ बानेश्वरमा संयुक्त विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै प्रदर्शन गरेका छन् । यता सरकार भने अगाडि बढाउने कि के गर्ने भन्ने विषयमा अजै छलफल गरिरहेको छ । ठोस निर्णयमा पुग्न सकेको छ्रन ् ।

प्रतिक्रिया दिनुहोस्