विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौ , पुस ६ । नेपाली कांग्रेसको मधेशी कोटातर्फको केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित भएका छन् ।

नेपालका धनाढ्य चौधरी २२०६ मत ल्याएर कांग्रेस केन्द्रीय सलस्यमा निर्वाचित भएका हुन् ।बढी मत ल्याउनेमा भने अजयकुमार चौरसिया रहेका छन् ।

चौरसिया २५२२ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने चन्द्रमोहन यादवले २१३८ मत ल्याएर केन्द्रीय सदस्य भएका छन् । त्यस्तै १९५९ मत ल्याएर दिनेशकुमार यादव पनि केन्द्रीय सदस्य बन्नु बनेका छन् । यसैगरी महेन्द्रकुमार रायले १९८४ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित ५ जना मध्ये चार जना सभापति शेरबहादुर देउवा र चन्द्रमोहन भने शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्