कोरोना अपडेटः थप २९० जनामा संक्रमण पुष्टि , ३ जनाको मृत्यु
काठमाडौं, पुस ६ । नेपालमा पछिल्लो चौबीस घण्टामा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१७ हजार ८९ नमूना परीक्षण गर्दा २९० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसैगरि सोही अवधीमा ३ जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच चौबीस घण्टामा २३२ जना निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार २४२ रहेको छ ।
यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४६ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।योसँगै उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ९१३ पुगेको छ ।
हाल देशभर ४ हजार ९९३ जना होम आइसोलेसनमा र २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।अस्पतालमा उपचाररतमध्ये ९५ जना आईसीयू तथा २५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्