नाराबाजीका बिच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत, अर्को बैठक बुधबार बस्ने
काठमाडौं , पुस ६ । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।
यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।















प्रतिक्रिया दिनुहोस्