एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व , अगाडि बढ्छ : गृहमन्त्री खाँण
काठमाडौं , पुस ६ ।एमसीसी सम्झौतालाई खारेज गर्नु पर्ने धेरैको माग रहेको छ । यसको विरोधमा नाराबाजि सहित प्रर्दशन भइरहेको छ । तर यता सरकारले यो सम्झौतालाई अगाडि बढाउने तरखरमा छ ।
यससैबीच गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । गृहमन्त्री खाँणले मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन् ।
एसीसी पूर्ववर्ती सरकारकै पालामा सुरु भएकाले यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको उनले उल्लेख गरे । देशको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको उनको भनाइ रहेको छ ।
नेपाल सरकार र एमसीसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको बताउदै उनले भने ‘त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो।’
गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको स्पष्ट समेत पारे । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले जनाकारि दिए ।
अहिले एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको छ । छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने योजनामा सरकार रहेको छ ।














प्रतिक्रिया दिनुहोस्