आज पनि संसद चल्न नदिने अडानमा एमाले , कार्यव्यवस्थामा जुटेन सहमति

काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुख सापकोटाले बोलाएका थिए ।

सहमति जुटाउनका लागि तर सहमति भने जुटेको छैन । यस कारण प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद चल्न नदिने भएको छ । संसदको बैठक सुचारू गराउन मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमालेले आज पनि संसद चल्न नदिने भएको हो ।

सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि दोहोर्‍याएको छ । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सदस्यहरु लालबहादुर थापा र कृष्णभक्त पोखरेलको सहभागीता रहेको थियो ।

बैठकमा एमालेले आफूले कारवाही सिफारिस गरेको १४ सांसदमाथि कारवाहीको जानकारी सदनसमक्ष सभामुखले नसुनाएसम्म सदन सञ्चालन गर्न नदिने अडान लिएको छ ।एमालेले पटक पटक बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्