काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु

काठमाडौँ , ६ पुस । राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको लापरवाहीले सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्