बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड जीमहलमा आगलागी

काठमाडौँ , ५ पुस । राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो। इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंका अनुसार विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ । आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको उनले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले बताए । इन्द्रेणी ग्रुपले संचालन गरेको इन्द्रणी स्विट्स होटलमा जीमहलसँगै बेभ लाउन्ज पनि संचालनमा छ ।

प्रतिक्रिया दिनुहोस्