अर्जुन दास हत्या प्रकरण : मृतककी श्रीमतीलाई अडियो पठाउने युवक पक्राउ
काठमाडौँ , ५ पुस । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युुवक पक्राउ परेका प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ती युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको बताए । तर घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
घटनामा संलग्नहरुको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए । शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।
दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुुगेकी थिइन् ।







प्रतिक्रिया दिनुहोस्