मतगणना अपडेट : कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना पुनः सुरु

काठमाडौँ , ५ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजेबाट स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुनःसुरु गरिएको हो। पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।

मधेसी महिला र पुरुषको चार सय मतगणना हुँदा खुला महिलातर्फ ५ सय मत गनिएको निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए । खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ ।

यसअघि हिजो पुरुष खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्