खेलाडी र खेल पत्रकार सम्मानित (हेरौ तस्बिरमा )

काठमाडौं, पुस ४ ।  युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतवार प्रदान गरेको छ ।उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही एक लाखसहित प्रशंसा पत्र प्राप्त गरे ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवाकोटकी संगीना वैद्य र काठमाडौंका नोर्बु लामा सम्मानित भए । दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए । निर्णायकमा काठमाडौंका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका उनलाई एक लाख नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा ९ खेल पत्रकारलाई सम्मान गरिएको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौंका हिमेशरत्न बज्रचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) जनही २५ हजार र प्रशंसा पत्रबाट सम्मानित भए ।

पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल (स्थानीय सन्देश साप्ताहिक), प्रदेश २ का वसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), बागमती प्रदेशका कुशल तिमल्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टीभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानीय समाचारदाता) पुरस्कृत भए । सातैलाई समान २५–२५ हजार नगदसहित प्रशंसा पत्रबाट पुरस्कृत गरियो ।

उनीहरूलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सह–सचिव एवं प्रवक्ता विष्णुराज ढकालले सिंहदरवारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा कार्यक्रम गर्दै सम्मान गरे ।

माननीय युवा तथा खेलकुद मन्त्री  महेश्‍वर जंग गहतराज (अथक) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मन्त्रालयका सचिव डा। दामोदर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा , राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव प्रसाद कोइराला मन्त्रालयका सहसचिव डा.कमल प्रसाद पोख्रेल , विष्णुराज ढकाल छनोट समितिका पदाधिकारीहरु र मन्त्रालयका कर्मचारीहरु सहितको सहभागिता रहेको थियो ।

खेलाडी साधारण तर्फ तपशिल बमोजिमका खेलाडीहरुलाई नगद रु. १ लाखका दरले प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

सम्मानीत हुनु भएका खेल प्रतिभा एंव पत्रकारहरुको नामावलीविवरण ।

१. एलन श्रेष्ठ, बेसिगाउँ जोरपाटी-8, काठमाडौं (कराँते)
२. पुष्पा भण्डारी, सारदा -१४, सल्यान (एथलेटिक्स)
३. दिपक हमाल, छिन्चु-७, सुर्खेत (उसु)
४. जुनी राई, देउमाई -३ इलाम/ हाल धादिङ (उसु)
५. सुस्मिता तामाङ, चाँगुनाराण – ४ भक्तपुर (उसु)
ख. खेलाडी पारा तर्फ नगद रु. १ लाख का दरले प्रमाणपत्र सहित सम्मान गरिएको
१. केशव थापा, धौलागिरी -७ म्याग्दी, (टेवल टेनिस)
ग. प्रशिक्षक तर्फ तपशिल अनुसारका दुई जना प्रशिक्षकहरुको समान अंक प्राप्त भएकाले जनही रु. ५०,00० (पचास हजार) का दरले प्रमाणपत्र सहित सम्मान गरिएको ।
१. संगीना वैद्य, विदुर-९, नुवाकोट (तेक्वान्दो)
२. नोर्बु लामा, नागार्जुन-९, स्यूचाटार (तेक्वान्दो)
घ. निर्णायक/ रेफ्री तर्फ रु. १ लाख का दरले प्रमाणपत्र सहित सम्मान गरिएको ।
१. अशोक खड्का, कागेश्वरी मनोहरा, न.पा. २, काठमाडौं (तेक्वान्दो)
ङ. खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान तर्फ रु ५० हजारका दरले प्रमाणपत्र सहित सम्मान गरिएको ।
१. हिमेश रत्न बज्राचार्य – काठमाडौं महानगरपालिका २४ मखनटोल (कान्तिपुर दैनिक)
च. पत्रकारिता प्रोत्साहन पुरस्कार रु २५ हजारका दरले प्रमाणपत्र सहित सम्मान गरिएको ।
१. सन्जु पौडेल – लुम्बिनि प्रदेश तिलोत्तमा नगरपालिका ६ रुपन्देही (कान्तिपुर दैनिक संवाददाता)
२. विजय नेपाली – गण्डकी प्रदेश पोखरा महानगरपालिका १ भिमकालीपाटन
३. नमिन ढकाल – प्रदेश नं १ माई नगरपालिका ४ इलाम
४. बसन्त खतिवडा – प्रदेश नं २ बर्दिबास ३ महोत्तरी
५. कुशल तिमल्सिना – बाग्मती प्रदेश रत्ननगर न.पा १२ चितवन
६. सोनिता अर्याल- गण्डकी प्रदेश सहिद लखन न.पा १ गोरखा
७. दिपक न्यौपाने – लुम्बिनी प्रदेश सैनामैना न.पा ७ रुपन्देही
८. रमेश कुमार पाण्डे – कर्णाली प्रदेश विरेन्द्रनगर न.पा ९ सुर्खेत
९. विनोद सिंह विष्ट – सुदुरपश्चिम प्रदेश दोगडाकेदार ३ बैतडी

 

प्रतिक्रिया दिनुहोस्