सत्तारुढ गठबन्धनको बैठक सकियो, सर्वदलीय बैठक जारी

काठमाडौँ,पुस ४ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।

गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरु भएको छ ।

संसदको अवरोध खुलाउने र एमसीसीबारे साझा धारणा बनाउन बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएपछि सर्वदलीय बैठकले ठोस निष्कर्ष निकाल्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्