ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा
काठमाडौं, पुष ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको समेत बताए । आज राष्ट्रिय ज्यापु समुदायले यो दिवस मनाइ रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्