प्रयोग भइरहेका खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक : डब्लूएचओ , ८४ देशमा फैलियो ओमिक्रोन
काठमाडौँ , ४ पुस । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८४ देशमा फैलिसकेको छ । यसले समुदाय स्तरमा फैलिएका क्षेत्रमाहरुमा भयाबह स्वरुपलिनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
त्यसैले वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् ।
ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्पी त्रास बढ्दो छ । २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो । ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ ।
‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्